धादिङ १६ मंसिर
धादिङको गंगाजमुना गाउँपालिका गंगाजमुना माई मन्दिरमा डेढ लाख भन्दा बढि भेटी संकलन भएको छ ।
धार्मिक महत्व बोकेको गंगाजमुना माई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित गंगाजमुना झरनामा गत कात्तिक २८ गते हरिबोधनी एकादशीको अवसरमा लागेको मेलामा एक लाख ५२ हजार भेटी संकलन भएको मन्दिर व्यवस्थापनले जनाएको छ ।
मन्दिरमा संकलन भएको भेटि मन्दिरको पूर्वाधार निर्माण तथा मन्दिर व्यवस्थापनको लागि खर्च गरिने समितिले जनाएको छ । गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने विश्वास रहिआएको छ।
भक्तजनहरुले गंगा–जमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा शान्ति छाउने धार्मिक विश्वास पहिले देखिनै रहि आएको छ।
प्रतिक्रिया दिनुहोस