धादिङ १६ मंसिर
सदरमुकाम धादिङबेसी स्थित पशुपति मन्दिरमा आज साँझ जात्रा लाग्दैछ । बाला चतुर्दशीको अघिल्लो रात भक्तजनहरुले जाग्राम बसेर बत्ति बाल्ने, भजनकृतन गर्ने गर्दछन् । मनोकामना पुरा होस् भनेर फुलको डोली लैजाने र मृतक आफन्तको नामामा शतबिज छर्ने चलन रहेको छ ।
विहिबार साँझदेखि लाग्ने पशुपतिनाथको जात्रालाई औसी जात्रा पनि भनिन्छ । जात्रा हेर्न धादिङ आसपासका जिल्लाहरुबाट पनि भक्तजनहरु आउने गर्दछन् । त्यस्तै बुधबार मन्दिर आसपास सरसफाई पनि गरिएको छ ।
पशुपति मन्दिर संरक्षण समिति र धादिङ सोसियल भोलेन्टिएर नेपालले संयुक्त रुपमा मन्दिर सरसफाई गरेको हो । मन्दिरमा सरसफाईका साथै तोरन टाग्ने, डस्टबीन राख्ने र खानेपानीको व्यबस्थापन लगायतका काम गरिएको धादिङ सोसियल भोलेन्टिएर नेपालका पुर्व अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस