धादिङ १३ मङ्सिर
नेपाली काङ्ग्रेस धादिङको १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी भिम प्रसाद ढुङ्गनालाई पछि पार्दै ३६ मतान्तरले अधिकारी विजयी भएका हुन् ।
ढुङ्गानाले १०४६ मत प्राप्त गर्दा अधिकारीले १०८२ मत प्राप्त गरेका थिए ।पूर्व जिल्ला सभापति र पूर्व सांसद समेत रहेका अधिकारी जिल्लामा सालिन र कार्यकर्तामाझ लोकप्रिय नेताको रुपमा परिचित छन् ।
यस्तै उपसभापतिमा गेहेन्द्र मल्ल १०६८ र दलबहादुर अधिकारी १००६ मतका साथ विजयी भएका छन् ।
यस्तै सचिवमा १०१२ मतका साथ रामकृष्ण पाण्डे र ११२१ मतका साथ विकास श्रेष्ठ विजयी भएका छन् ।
सह–सचिवमा भने १०९१ मत प्राप्त गरी नवराज तिमल्सिना विजयी भएका छन् भने क्रान्ति डल्लाकोटी र विजय पाख्रिनको मत बराबरी आएको छ ।
प्रतिक्रिया दिनुहोस