धादिङ १२ मङ्सिर
आइतबारबाट १३ औँ वर्षमा प्रवेश गरेको रेडियो बिहानी ९७.६ मेगाहर्ज धादिङले अन्तरकृया कार्यक्रम गर्दै आफ्नो वार्षिक उत्सव मनाएको छ । बदलिदो परिवेशमा सामुदायिक रेडियोहरुको चुनौति विषयक अन्तरकृया कार्यक्रममा सहभागीहरुले सामुदायिक रेडियोहरु नयाँ प्रविधिसँगै आफूलाई स्थापित गर्दै लानुपर्ने बताएका थिए ।
सुनौँ कार्यक्रमका सहभागीहरुको धारणा
सहिद स्मृति सञ्चार सहकारी संस्थाका अध्यक्ष मनराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) धादिङका अध्यक्ष विजय बुर्लाकोटीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा(माओवादी केन्द्रका नेताहरु सम्भु श्रेष्ठ, दिपक बस्नेत, चन्द्र लम्साल, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति नारायण प्रसाद तिमल्सिना, खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङ, ग्रामीण यातायात सहकारी संस्थाका महासचिव वद्रि प्रसाद सुवेदी, धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, पत्रकार सीताराम अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
२०६६ साल मङ्सिर १२ गतेबाट औपचारिक प्रशारणमा आएको रेडियो बिहानी ९७.६ मेगाहर्ज सहिद स्मृति सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो हो । ५०० वाट क्षमता रहेको रेडियो बिहानी हाल १७ घण्टा नियमित प्रशारण्मा हुँदै आएको छ । यो रेडियो धादिङ, गोरखा, चितवन, मकवानपुर, नुवाकोट, रसुवा लगायत देशका ३० भन्दा बढी जिल्लाहरुमा प्रशारण पहुच रहेको छ ।
प्रतिक्रिया दिनुहोस