धादिङ १२ मङ्सिर
रेडियो बिहानी ९७.६ मेगाहर्ज आजबाट १३ औँ वर्षमा प्रवेश गरेको छ । धादिङ जिल्लाबाट सञ्चालनमा आएको रेडियो बिहानी २०६६ साल मङ्सिर १२ गतेबाट औपचारिक प्रशारणमा आएको हो । सहिद स्मृति सञ्चार सहकारी संस्था लि. धादिङले सञ्चालन गरेको रेडियो बिहानी दैनिक १७ घण्टा प्रशारण हुँदै आएको छ ।
१३ औँ वार्षिक उत्सवका अवसरमा रेडियोले बदलिदो परिवेशमा सामुदायिक रेडियोहरुको चुनौति विषयक अन्तरकृया गर्न लागेको स्टेशन म्यानेजर सञ्जय देवकोटाले जानकारी दिनुभयो ।
“जनतालाई सचेत अनि शासकलाई जनउत्तरदायी बनाउने” उदेश्यका साथ प्रशारणमा आएको रेडियोको प्रशारण क्षमता ५०० वाट रहेको छ । रेडियो नीलकण्ठ नगरपालिका वडा नं. ३ धादिङबेशीमा अबस्थित छ भने नीलकण्ठ नगरपालिका वडा नं. ६ सुनौलाबजारस्थित भैरबी डाँडामा आफ्नो सव–स्टेसन राखेर नियमित प्रशारण गर्दै आएको छ ।
यस रेडियोले धादिङका अलावा गोरखा, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, नवलपरासी, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पाल्पा, बाग्लुङ अर्घाखाँची , पर्बत, कपिलबस्तु, दाङ, प्युठान, रोल्पा, रुकुम, मनाङ, मुस्ताङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप लगगायत अन्य केही जिल्लाहरुमा पनि आफ्नो प्रशारण पहुँच र्पुयाउन सफल भएको छ । रेडियोले सूचना, संगीत र मनोरञ्जनका साथ–साथै बिबिध जनपक्षीय कार्यक्रमहरु पनि प्रशारण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस