धादिङ १२ मङ्सिर
नेकपा(माओवादी केन्द्र) नत्रोवती डबजोङ गाउँपालिका अध्यक्षमा प्रेम बहादुर तामाङ निर्वाचित हुनभएको छ । शनिबार भएको गाउँ सम्मेलनले तामाङको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा क्रमशः उर्मिला तामाङ, चन्द्र बहादुर पल्ली मगर र राम कुमार श्रेष्ठ रहनु भएको छ भने सचिवमा गोपाल गुरुङ, सह–सचिवमा नीर बहादुर तामाङ, कोषाध्यक्षमा राजवीर गुरुङ रहनुभएको छ । सम्मलेनले १७ सदस्यीय सचिवालय समिति समेत निर्माण गरेको छ । गाउँ पार्टी अध्यक्ष प्रेम बहादुर तामाङको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथिमा नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति धादिङका अध्यक्ष विजय बुर्लाकोटी रहनुभएको थियो ।
यस्तै त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा देवराज धरेल निर्वाचित हुनभएको छ । शनिबार भएको गाउँ सम्मेलनले धरेलको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा क्रमशः सुशिला थापा, विनोद कुमार श्रेष्ठ र पुण्य प्रसाद सिंखडा रहनु भएको छ भने सचिवमा हरि विक, सह–सचिवमा केदार थापा, कोषाध्यक्षमा रामकृष्ण बसौला रहनुभएको छ । गाउँ पार्टी अध्यक्ष देवराज धरेलको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथिमा नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य पुष्प विक्रम मल्ल रहनुभएको थियो ।
उता धुनिबेसी नगरपालिका अध्यक्षमा राजकुमार पाठक निर्वाचित हुनभएको छ । शनिबार भएको नगर सम्मेलनले पाठकको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा क्रमशः कुमार बहादुर तामाङ, ऋषि कुमार ढकाल र रामकृष्ण रेग्मी रहनु भएको छ भने सचिवमा श्याम रेग्मी, सह–सचिवमा सिंहराम तामाङ, कोषाध्यक्षमा विना मिजार रहनुभएको छ । धुनिबेसी नगर पार्टी अध्यक्ष राजकुमार पाठकको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथिमा नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हितमान शाक्य रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस