धादिङ १० मङ्सिर
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रकाशकुमार श्रेष्ठले धादिङ जिल्ला कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् । पार्टीको नेतृत्व तहमा युवाहरु रहनुपर्छ भन्ने मान्यताका साथ आफूले कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिएको श्रेष्ठको भनाइ छ । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ पेशाले कर, लेखा तथा परामर्श सेवा उपलब्ध गराउने सस्था सोलुसन हबका प्रमुख समेत हुन् । सानै उमेरमा विभिन्न रास्ट्रीय तथा अन्तरास्ट्रिय संघ संस्थाहरुमा काम गरेको निकै अनुभव बटुलेका श्रेष्ठ विगत १० बर्षदेखि धादिङ जिल्ला सहित नेपालका विभिन्न जिल्लाहरूमा उधमशीलता विकास, आयआर्जन, नेतृत्व विकास, महिला शसक्तीकरण जस्ता क्षेत्रहरुमा युवाहरुलाई तालिम तथा प्रशिक्षण दिएको अनुभव रहेको बताउँछन् ।
नीलकण्ठ नगरपालिका ८, धादिङका स्थानियबासी श्रेष्ठले स्थानीय नागरिकहरुका निम्ति शिक्षा , स्वास्थ, सडक, खानेपानी, सामुदायिक वन, बिधुत जस्ता विकासका पुर्वाधारहरुको निर्माणमा महत्वपूर्ण भुमिका खेलेकाले स्थानीयहरुको पहिलो रोजाईमा रहेका छन् । सरल मिजासिलो र सामान्य स्वभावका श्रेष्ठ धादिङ जिल्लाका लागि एक बिस्वासिला र भरपर्दो युवा नेताको रुपमा आफूलाई परिचित गराउँछन् । नेपाली काँग्रेसको बागमती प्रदेश स्तरिय बैंक बित्त र सहकारी बिभागीय सदस्यको जिम्मेवारी सम्हालिरहेका उनी घरेलु तथा साना उधोग बागमती प्रदेशमा भर्खरै निर्बचित भएका छन् ।
नीलकण्ठ नगरपालिकाको न्यायिक समिति, लेखा समिति, उधमशिलता विकास कार्यक्रममा आफ्नो जिम्मेवारी बहन गरिरहेका श्रेष्ठ जिल्ला समन्वय समिति धादिङको सदस्यको उम्मेदवार समेत रहेका थिए । खुल्ला र बिपिको समाजवाद उन्मुख अर्थनीतिका पक्षधर उनी राजनीतिलाई आर्थिक बिकाश र समृद्धिसँग जोडिनुपर्छ भन्ने मत राख्छन् ।
भारत, युएई लगाएत केही देशको भ्रमण गरेका उनी हाल नेपाली काँग्रेस धादिङको जिल्ला कार्यसमितिमा आदिवासी जनजातितर्फबाट उम्मेदवार रहेका छन । काँग्रेस पार्टीलाई बलियो बनाउन र राजनीति सँगै उद्यमशिलता लाई जोड्नपर्छ भनेर आफु राजनीतिमा आएको भन्दै अमूल्य मत दिएर निर्वाचित गराउनको लागि प्रतिनिधिहरुलाई उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस