धादिङ ०९ मङ्सिर
नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर संगठन समितिले यही मङ्सिर ११ गते धादिङबेसीमा भव्य जनप्रदर्शन सहित प्रथम नगर अधिवेशन गर्ने भएको छ । धादिङबेसीस्थित खुल्लामञ्चमा आयोजित खुल्ला सभाको संवोधनका लागि पार्टीका स्थायी कमिटी सदस्य एवं निर्वाचन आयोग प्रमुख विष्णु पुकार श्रेष्ठ आउने प्रचार प्रसार समिती अमृत तामाङले जानकारी दिनुभयो ।
धादिङबेसीको बजार क्षेत्रमा मोटरराइकल ¥यालीको समेत आयोजना गरिएको बताउदै तामाङले नगरपालिकाका १४ वटै वडाबाट पार्टी सदस्य, प्रतिनिधि र जनसमुदायको उल्लेख्य उपस्थिति रहने समेत जानकारी दिनुभयो ।
माओवादी केन्द्रले देशैभर मङ्सिर ४ गते वडा अधिवेशन, मङ्सिर ११ गते पालिका अधिवेशन र मङ्सिर २५ गते सातै प्रदेशमा प्रदेश अधिवेशन गरेर नयाँ नेतृत्व चुन्दै पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस