धादिङ ०८ मङ्सिर
नेपाली कांग्रेस धादिङको क्षेत्रीय अधिवेशन अन्तरगत मङ्गलबार भएको प्रतिनिधि सभा क्षेत्र नं. २ का दुवै प्रदेश सभापतिहरुको मत परिणाम आइसकेको छ । जस अनुसार प्रदेश २ क मा रामनाथ प्यानलका होम बहादुर गुरुङ निर्वाचित हुनुभएको छ भने २ ख मा भिम प्रसाद ढुङ्गाना प्यानलका रण बहादुर तामाङ विजयी हुनुभएको छ । यस्तै अन्य पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरुको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहेको नेपाली कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।
भिम प्रसाद ढुंगाना समूहले क्षेत्र नम्बर १ को सभापतिमा रवि सुधन थापा, क्षेत्र नम्बर २ को सभापतिमा दिपक कोइरालालाई प्यानल सहित अगाडि सारेको छ भने सेही समूहको प्रदेशसभा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नं। २ क मा ऋषिकुमार श्रेष्ठ र २ ख मा रणबहादुर तामाङ सहितको प्यानल उम्मेद्वारी दर्ता गराएको थियो ।
यता अधिकारी समूहले संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा कुमार बहादुर सिंखडा, क्षेत्र नम्बर २ को सभापतिमा राकेश धमला, प्रदेश क्षेत्र नं। २ क सभापतिमा होम बहादुर गुरुङ र २ ख सभापतिमा हरि तामाङ सहित प्यानल नै उम्मेदवारी दर्ता गराएको थियो ।
यस्तै सोमबार भएको निर्वाचनमा धादिङ संघीय निर्वाचन क्षेत्र नम्बर १ को दुबै प्रदेशमा रामनाथ अधिकारी प्यानल विजयी भएको छ । सोमबार भएको निर्वाचनको मत परिणामबाट रामनाथ अधिकारी प्यानलबाट उम्मेदवारी दिएका राजकुमार कुंवर क्षेत्र नम्बर १ को ९क० बाट र विष्णु प्रसाद रुपाखेती क्षेत्र नम्बर १ को ख बाट निर्वाचित भएका हुन् । राजकुमार कुंवरले २३० मत ल्याई सभापतिमा विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी श्याम रेग्मीले २१९ मत ल्याएका थिए । यस्तै विष्णु प्रसाद रुपाखेतीले २६७ मत ल्याई सभापतिमा विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी रामहरि कडेलले १५५ मत ल्याएका थिए । क्षेत्र नम्बर १ को अधिवेशन भने मंसिर ८ गते हुने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस