गोरखाको आरुघाट गाउँपालिका (४ थुमी बस्ने ४९ वर्षीय चामबहादुर बरामको आफ्नै भाइबुहारी समेतको कुटपिटबाट सोमबार दिउँसो मृत्यु भएको छ ।
भाइबुहारी डल्ली बराम र डल्लीकै छोरी निशा बरामले गत शनिबार दिउँसो कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
मृत्युको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले अभियुक्त दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
source : ratopati
प्रतिक्रिया दिनुहोस