धादिङ ०७ मङ्सिर
नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तरगत धादिङ संघीय निर्वाचन क्षेत्र नम्बर १ को दुबै प्रदेशमा रामनाथ अधिकारी प्यानल विजयी भएको छ । सोमबार भएको निर्वाचनको मत परिणामबाट रामनाथ अधिकारी प्यानलबाट उम्मेदवारी दिएका राजकुमार कुंवर क्षेत्र नम्बर १ को ९क० बाट र विष्णु प्रसाद रुपाखेती क्षेत्र नम्बर १ को९ख० बाट निर्वाचित भएका हुन् । राजकुमार कुंवरले २३० मत ल्याई सभापतिमा विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी श्याम रेग्मीले २१९ मत ल्याएका थिए । यस्तै विष्णु प्रसाद रुपाखेतीले २६७ बत ल्याई सभापतिमा विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी रामहरि कडेलले १५५ मत ल्याएका थिए । क्षेत्र नम्बर १ को अधिवेशन भने मंसिर ८ गते हुने कांग्रेसले जनाएको छ ।
यसैगरी धादिङ क्षेत्र नम्बर २ को दुबै प्रदेशको निर्वाचन आज हुँदै छ । भिम प्रसाद ढुंगाना समूहले क्षेत्र नम्बर १ को सभापतिमा रवि सुधन थापा, क्षेत्र नम्बर २ को सभापतिमा दिपक कोइरालालाई प्यानल सहित अगाडि सारेको छ भने सेही समूहको प्रदेशसभा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नं। २ क मा ऋषिकुमार श्रेष्ठ र २ ख मा रणबहादुर तामाङ सहितको प्यानल उम्मेद्वारी दर्ता गराएको छ ।
यता अधिकारी समूहले संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा कुमार बहादुर सिंखडा, क्षेत्र नम्बर २ को सभापतिमा राकेश धमला, प्रदेश क्षेत्र नं। २ क सभापतिमा होम बहादुर गुरुङ र २ ख सभापतिमा हरि तामाङ सहित प्यानल नै उम्मेदवारी दर्ता गराएको छ ।
अधिवेसनले क्षेत्रीय समिति र प्रदेश समितिमा २४ जना निर्वाचित गर्नेछ । यसैगरि महाधिवेशन प्रतिनिधि ५१ जना र प्रदेश प्रतिनिधि ६९ जना निर्वाचित गर्ने छ । नेपाली कांग्रेसको २ हजार १ सय ८२ जना क्षेत्रीय प्रतिनिधिहरुले नेतृत्व छान्नेछन् । जिल्ला अधिवेशन मंसिर १० गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस