धादिङ ०६ मंसिर
धुनिबेशी नगरपालिका–९ मा वडा स्तरिय बालअधिकार समितका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रयास नेपाल धादिङको सहयोग तथा धुनिबेशी नगरपालिको समन्वयमा संचालन भएको यस कार्यक्रममा प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुनिता कँडेलले सहजिकरण गर्नु भएको थियो ।
बालमैत्रि स्थानीय शासन कार्यान्वयको चरण अन्तर्गतको कार्यक्रममा बालमैत्रि स्थानीय शासन भनेको के हो रु, किन बालबालिकाहरुमा लगानी गर्ने, वडा बालअधिकार समिति किन गठन गरिन्छ वडा समितिको संरचना, समितिको काम, कर्तव्य र अधिकार लगायतको विषयमा छलफल भएको थियो ।
बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सजिता मुडभरिले बताउनुभयो ।
वडा अध्यक्ष साईला राईको अध्यक्षतामा भएको कार्यक्रममा समितिका पदाधिकारी र सरोकारवाला सहित २५ जनाको सहभागिता रहेको थियो ।
त्यस्तै, कार्यक्रममा धुनिवेशी नगरपालिकाको वडा नं ९ का कार्यपालिका सदस्य लक्ष्मी विष्टको अध्यक्षतामा ९ सदस्यीय वडा स्तरिय बाल अधिकार समिति समेत गठन गरिएको महिला बालबालिका शाखा प्रमुख मुडभरिले जानकारी दिनुभयो ।
फोटो स्रोत : सामाजिक संजाल
प्रतिक्रिया दिनुहोस