धादिङ ०४ मङ्सिर
नेकपा(माओवादी केन्द्र) नीलकण्ठ नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा रामहरी श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न वडा सम्मेलनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी निर्बिरोध निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा सावित्री कडेल, सचिवमा कुशुम तामाङ, सह-सचिवमा ध्रुव श्रेष्ठ, कोषाध्यक्षमा विष्णु मगर निर्वाचित हुनुभएको हो । वडा कमिटी अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा(माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य एवं सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ धादिङका इन्चार्ज सम्भु श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नीलकण्ठ नगर सङगठन कमिटी अध्यक्ष दिपक बिश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।
अधिवेशनले यही ११ गते हुन गैरहेको नगर अधिवेशनका लागि ९ जना प्रतिनिधि समेत निर्वाचित गरेको छ ।
प्रतिक्रिया दिनुहोस