धादिङ ०२ मंसिर
धादिङमा मंसिर ३ गते भोलिदेखी १८ बर्ष भन्दा माथिका नागरिकहरुलाई एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाईने भएको छ ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाको नीलकण्ठ नगरपालिका, थाक्रे, गल्छी ,गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकाका १८ बर्ष भन्दा माथिका यसअघि कोभिड बिरुद्धको खोप नलिएका सबै नागरिकहरुलाई भोलि मंसिर ३ देखी ६ गतेसम्म एस्ट्राजेनिकाको पहिला मात्रा खोप दिन लागिएको हो ।
स्वास्थ्य कार्यालय धादिङले स्थानीय तहलाई पत्राचार गर्दै पूर्ववत सञ्चालन भएका कोभिड खोप केन्द्रहरुबाट खोप लिन आएका नागरिकको उमेर खुलेको सरकारी कागजात वा अन्य परिचय पत्रको आधारमा खोप दिन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस