धादिङ ०१ मङ्सिर
नेपाली काङ्ग्रेस धादिङको आशन्न १४ औँ जिल्ला अधिवेशनका लागि रामनाथ अधिकारी रमेश धमला समूहले उम्मेद्वारी घोषणा गरेको छ । केन्द्रमा रामचन्द्र पौडेल समूह नजिक रहेको अधिकारी समूहले जिल्ला सभापतिमा रामनाथ अधिकारीलाई अगाडि सारेको छ ।
यस्तै प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा क्षेत्र नं. १ मा कुमार बहादुर सिंखडा, क्षेत्र नं. २ मा राकेश धमलालाई अगाडि सारेको छ भने प्रदेश सभा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नं. १ क मा राजकुमार कुँवर, १ ख मा विष्णु प्रसाद रुपाखेती, २ क मा होम बहादुर गुरुङ र २ ख मा हरि तामाङको उम्मेद्वारी घोषणा गरिएको हो ।
उम्मेद्वार घोषणा कार्यक्रममा नेपाली कांग्रेस धादिङका वर्तमान जिल्ला सभापति रमेश धमला, नेताहरू हरि अधिकारी, वासु तिमल्सिना, विश्व अर्याल, फणिकान्त छत्कुली, भक्त लामा, विनोद तिमल्सिना, यमनाथ दनै, नारायण कुमार श्रेष्ठ अम्बिका अधिकारी, कल्पना अधिकारी, वर्तमान क्षेत्रीय सभापतिहरू कृष्ण रिजाल, योगबहादुर तामाङ, लगायत विभिन्न गाउँपालिका सभापतिहरू, वडा सभापतिहरूको सामुहिक उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस