धादिङ ०१ मङ्सिर
नेकपा(माओवादी केन्द्र) नीलकण्ठ–८ धादिङको वडा अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनले भुवल विश्वकर्माको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा रामकृष्ण श्रेष्ठ, सचिवमा सूर्य विक, सह–सचिवमा मणी परियार र कोषाध्यक्षमा अम्बिका सुवेदी निर्वाचित हुनुभएको छ ।
वडा कमिटी इन्चार्ज बद्रि प्रसाद सुवेदीको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति धादिङका अध्यक्ष विजय बुर्लाकोटीको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा नीलकण्ठ नगरपालिकाका उप–मेयर एवं नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सदस्य एवं मनराज भण्डारी, प्रदेश कमिटी सदस्य सम्भु श्रेष्ठ, नीलकण्ठ नगर कमिटी अध्यक्ष दिपक विश्वकर्मा, जिल्ला कमिटी सदस्यहरु अमृत तामाङ, चन्द्र लम्साल, होमनाथ कोइराला लगायत रहनुभएको थियो ।
नव निर्वाचित अध्यक्ष भुवल विश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा नगर कमिटी सदस्य हरिकृष्ण लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा नेकपा(माओवादी केन्द्र)का नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस