धादिङ ०१ मंसिर
नेपाल मजदुर किसान पार्टी धादिङले एमसीसी विरुद्ध जुलुस प्रदर्शन गरेको छ । बुधबार धादिङबेसीको पुछारबजार देखी बिचबजार सम्म एमसीसी खारेजीको माग गदै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको हो।
एमसीसी राष्ट्रघाती कदम भएकोले संसदमा अनुमोदन नगर्न दवाव स्वरूप विरोध प्रदर्शन गरिएको हो । एमसीसी सम्झौता स्वीकार गर्दा देशमा अस्थिरता र द्वन्द्वमा फस्ने हुनाले आम नागरिक एमसीसीको विरुद्धमा उत्रनु पर्ने प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।
विरोधमा उत्रिएकाहरुले देशमा कुनै पनि हालतमा एमसिसि कार्यान्वयन हुन नदिने बताउदै जुलुसमा सहभागि नेपाल मजदुर किसान पार्टी धादिङका कार्यकर्ताहरुले देश बेच्न पाईदैन, एमसीसी चाहिदैन, ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस