धादिङ ३० कार्तिक
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव धादिङमा पनि आज विहानैदेखि परेको छ ।
धादिङबेसीबाट छुट्ने यातायातका साधन पुर्ण रुपमा ठप्प रहेको छ भने धादिङबेसी बजार क्षेत्रका अधिंकाश पसलहरु बन्द रहेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण यात्रुहरु मर्कामा परेका छन् ।
देशको ६८ जिल्ला आवतजावत हुने पृथ्वीराजमार्गमा पनि बन्दको प्रभाव परेको छ । छिटफुट नीजि सवारी बाहेक राजमार्ग सुनसान नै बनेको छ । धादिङबेसी मलेखु सडकमा पनि सार्वजनिक सवारी चलेका छैनन् ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जिल्ला सदरमुकाम धादिङबेसी लगायतका बजार क्षेत्रहरु सुनसान देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस