धादिङ २८ कार्तिक
पेट्रोलियम पदार्थ, ग्यास, यातायात तथा दैनिकी उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि तथा कालो बजारीको विरुद्धमा धादिङमा नेपाल विद्यार्थी संघ निलकण्ठ बहुमुखी क्याम्पसले विरोध प्रदर्शन गरेको छ ।
आईतबार धादिङबेसीको क्याम्पस चोक देखी पुछारबजार सम्म मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्नेे माग गदै निलकण्ठका बहुमुखी क्याम्सका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग उनीहरूले अगाडि सारेका छन् ।
नेपाल आयल निगमले बुधबार राति पेट्रोल, डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ तथा खाना पकाउने ग्यासमा ७५ रुपैयाँ वृद्धि गरेको थियो । यो सहित निगमले एक महिनामै पेट्रोल, डिजेल र मट्टितेलमा ६ रुपैयाँ तथा ग्यासमा १२५ रुपैयाँ मूल्य बढाएको छ ।
मूल्यवृद्धि गरेपछि विभिन्न विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।
फोटो स्रोत : सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस