धादिङ २७ कार्तिक
धादिङको पर्यटकिय तथा धार्मिक गन्तव्य गंगाजमुना माईमा भोलि आईतबार मेला लाग्ने भएको छ । गत बर्ष कोरोनाको कारण रोकिएको थियो ।
भोलि २८ गते दिउँसो २ बजेबाट कलाकार कृष्ण कंडेल नेतृत्वका इन्दे्रणी टोलीको विशेष मनोरञ्जनात्मक प्रस्तुति सहित मेला आयोजना गर्न लागिएको मेला आयोजक मूल समारोह समितिका संयोजक एवं गंगाजमुना गाउँपालिका अध्यक्ष बल बहादुर अधिकारीले जानकारी दिनुभयो ।
गाउँ कार्यपालिकाको बैठकले मेलालाई भव्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति समेत निर्माण गरेको छ । धार्मिक महत्व बोकेको गंगाजमुना माई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित गंगाजमुना झरनामा हरेक वर्ष हरिबोधनी एकादशीको अवसर मेला लाग्ने गर्दछ ।
२८ गते रातभरी नै विभिन्न सांस्कृतिक कार्यक्रम हुने,झाँक्रि नाँच प्रर्दशनी लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती राखिने कार्यक्रम तय भएको छ ।
हिन्दु धर्म अनुसार हरिबोधनी एकादशीको अघिल्लो दिन (र्कात्तिक शुक्ल दशमी) बेलुकादेखि मेला सुरु भई रातभर जागाराम बसि हरिबोधनी एकादशीको दिन बिहान झरनामा नुहाएपछि मेला सकिन्छ ।
प्रतिक्रिया दिनुहोस