सडक विस्तारको काम अलपत्र पारेको भन्दै दोलखाका स्थानीय अगुवा तथा यात्रुहरूले मन्त्री, सचिव र महानिर्देशकको तस्बिरसहितको ब्यानर सवारीसाधनमा टाँसेर विरोध गरेका छन् ।
दोलखालाई राजधानीसँग जोड्ने मुख्य लामोसाँघु जिरी सडक अन्तर्गत मुडे९चरीकोट खण्ड विस्तारको काम ६ वर्षदेखि अलपत्र पारेको भन्दै फोटोसहितको ब्यानर सार्वजनिक यातायातमा टाँसेर विरोध गरिएको हो ।
सडक विस्तारका लागि दबाब दिन सार्वजनिक यातायातमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुन जंग थापाको फोटोसहितको ब्यानर दोलखा काठमाडौं आउजाउ गर्ने सार्वजनिक यातायातमा टाँस्ने अभियान सुरु गरेको संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले बताए ।
‘सरकार।।।।मुडे चरिकोट सडक कहिले बनाउँछस् रु हाम्रो बिचल्ली कहिलेसम्म टुलुटुलु हेर्छस् रु’ लगायतका प्रश्न सोधिएका नारा ती ब्यानरमा लेखिएका छन् । ६ वर्षदेखि बिग्रिएको सडकका कारण नागरिकले दुःख पाएको भन्दै सांकेतिक रुपमा विरोध गरिएको मास्केले बताएका छन् ।
फोटो स्रोत : सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस