नेकपा एमालेको आगामी मंसिर १० देखि १२ सम्म हुने दशौं राष्ट्रिय महाधिवेशनमा खर्च हुने रकम पार्टी सदस्यहरुबाटै उठाउने भएको छ ।
बुधबार बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा रु १ सयका दरले संकलन गर्ने निर्णय गरेको हो
। उक्त रकम पार्टी सदस्यहरुले अनलाइनमार्फत पार्टीको खातामा जम्मा गर्नुपर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार आजका मितिसम्म देशभर एमाले संगठित सदस्य ७ लाख २० हजार रहेका छन् ।
ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुने उनको भनाइ छ ।
source : ratopati
प्रतिक्रिया दिनुहोस