धादिङ २४ कार्तिक
धादिङको कालुपाण्डे मार्ग अन्तरगत ससाह कमेरे नजिकै भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् । धादिङबेसीबाट चितवनतर्फ जादै गरेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाण्डौबाट धादिङबेसीतर्फ आउदै गरेको ना ७ ख ५८२८ नम्बरको बस एक आपसमा ठक्कर खादा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते ३६ जना मध्ये नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का १९ बर्षकी कविता विक, मकवानपुर बस्ने २० बर्षीय आस्था सापकोटा, त्रिपुरासुन्दरी–५ बस्ने ७१ बर्षीय जिन बहादुर अधिकारी, खनियाबास–३ बस्ने २१ बर्षीय रामचन्द्र तामाङ र शक्तिखोर चितवन बस्ने २० बर्षीय तिमोथि गदाल मध्यम घाइते हुनुभएको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ । घाइतेहरु सबैको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ ।
घाइतेहरुको नामावली
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का १९ बर्षीय कविता विक
सिद्धलेक गाउँपालिका वडा नम्बर ७ बस्ने ५९ बर्षीय गुणराज खतिवडा
नीलकण्ठ नगरपालिका वडा नम्बर १ बस्ने ७९ बर्षीय खड्क बहादुर गुरुङ
गंगाजमुना गाउँपालिका–३ बस्ने ३२ बर्षीय सरोज थापा
ज्वालामुखी गाउँपालिका–५ का ३ बर्षीय साईरन गुरुङ
गण्डकी गाउँपालिका १ गोरखाका २६ बर्षीय सुलोचन आले
सोहि स्थान बस्ने ७ बर्षीय सुष्मा आले
नीलकण्ठ–८ बस्ने ३३ बर्षीय कृष्ण कुमार श्रेष्ठ
नीलकण्ठ–३ बस्ने १७ बर्षीय टंक कुमारी श्रेष्ठ
हेटौडा ९ मकवानपुर बस्ने २० बर्षीय आस्था सापकोटा
सोहि स्थान बस्ने २४ बर्षीय आर्शिष सापकोटा
नीलकण्ठका ७० बर्षीय काजी गुरुङ
त्रिपुरासुन्दरी–५ बस्ने ७१ बर्षीय जीन बहादुर अधिकारी
खनियाबास–३ बस्ने २१ बर्षीय रामचन्द्र तामाङ
नीलकण्ठ–६ बस्ने २३ बर्षीय सदिक्षा रानामगर
चन्द्रगिरी–१३ बस्ने २१ बर्षीय शुसिला थापामगर
साहि स्थान बस्ने २५ बर्षीय सन्तोष थापामगर
नीलकण्ठ–४ बस्ने १९ बर्षीय भरत बस्नेत
सोहि स्थान बस्ने २१ बर्षीय धन बहादुर गुरुङ
नीलकण्ठ–२ बस्ने ३० बर्षीय मनिता गुरुङ
ज्वालामुखी–२ बस्ने ७० बर्षीय लक्ष्मी प्रसाद अर्याल
नीलकण्ठ–३ बस्ने ३० बर्षीय रोजिना श्रेष्ठ
ज्वालामुखी–४ बस्ने १८ बर्षीय विकास गुरुङ
नीलकण्ठ–८ बस्ने ५० बर्षीय निरमाया थापा
गंगाजमुना–५ बस्ने ३५ बर्षीय प्रमोद पाण्डे
टोखा नगररपालिका ६ बस्ने ३५ बर्षीय प्रदिप पौडेल
हेटौडा–५ मकवानपुर बस्ने ३८ बर्षीय युनिसा परियार
सोहि स्थान बस्ने १३ बर्षीय युरिका परियार
सोहि स्थान बस्ने ५८ बर्षीय लक्ष्मण परियार
नीलकण्ठ–६ बस्ने ५० बर्षीय जुनकिरी राना
त्रिपुरासुन्दरी–४ बस्ने २६ बर्षीय हरि बहादुर रानामगर
शक्तिखोर चितवन बस्ने २० बर्षीय तिमोथि गदाल
ज्वालामुखी–७ बस्ने १५ बर्षीय समिर दनै
नीलकण्ठ–२ बस्ने ५१ बर्षीय राजेन्द्र सिलवाल
नीलकण्ठ–८ बस्ने १५ बर्षीय सुजता विक
सिद्धलेक बस्ने २५ बर्षीय अनिल नेपाली
प्रतिक्रिया दिनुहोस