केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने बताइको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने बताएका हुन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्ने विभिन्न विकल्पका रुपमा छलफल भइरहेको पनि उनले जानकारी दिए । ‘विकल्प तीन चार वटा छन्, हाम्रो भूमिमा भारतीय सेनाले हामीलाई छिर्न दिँदैन, कि सेनालाई लगेर ९जनगणना० गराउने, जुन सम्भव छैन, दोस्रोमा केही नगर्ने, तेस्रो, कुटनीतिक पहल भइरहेको छ’ उनले भने ।
source : onlinekhaber
प्रतिक्रिया दिनुहोस