धादिङ ०५ आषाढ
गरौँ योग रहौ निरोग, सबैको लागि सधैका लागि योग भन्ने मूल मन्त्रका साथ पाँचौँ अन्तराष्ट्रिय योग दिवस धादिङमा भव्य रुपमा आयोजना हुन लागेको छ । स्वास्थ सम्बृद्धि र खुसी रहनको लागि आध्यात्मिक, शारीरिक र मानसिक रुपमा आफू स्वस्थ रही आफ्नो परिवार, समाज र राष्ट्र निर्माणको लागि सकारात्मक सहयोगको भूमिका निर्वाह गर्नको लागि अन्तराष्ट्रिय योग दिवस भव्य रुपमा आयोजना गर्न लागेको पतञ्जली योग समिति धादिङका अध्यक्ष गोविन्द श्रेष्ठले बताउनु भयो । पतञ्जली योग समिति धादिङको समन्वय र पाँचौँ अन्तराष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा हुन लागेको २१ जुन अर्थात पाँचौ अन्तराष्ट्रिय यो दिवस शुक्रबार बिहान ५ः३० बजे पुछार बजारबाट प्रभातफेरी ¥याली सुरु गरी सिरान बजारमा रहेको धादिङ बोर्डिङ स्कुलको प्राङ्गणमा समापन गरिने समारोहका सदस्य सचिव एंव शिक्षा विकास तथा समन्वय इकाई धादिङका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस