माओवादी केन्द्र निकट गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष समेत रहेका बालाजु डोजो प्रतिष्ठानका अध्यक्ष धुर्ब विक्रम मल्ल सहित २ सय जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार बालाजुस्थित डोजोमा आयोजित कार्यक्रममा उनीसहित सयौँ कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका नवप्रवेशीहरुलाई
पूर्वगृहमन्त्री तथा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र पूर्व पर्यटन राज्यमन्त्री पर्शुराम तामाङले स्वागत गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस