धादिङ १३ कार्तिक
नेपाल तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा सुर्य तामाङ निर्वाचित भएका छन् । शनिबार धादिङबेसीमा भएको तेस्रो जिल्ला अधिबेशनले तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती निर्बिरोध निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा उपध्यक्षमा सबिना तामाङ, सचिवमा जुनु घलान तामाङ, सह सचिवमा मनिष तामाङ, कोषाध्यक्षमा सुशान तामाङ निर्वाचित हुनुभएको हो ।
जिल्ला अध्यक्ष बिमल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश साम्सद जगत सिम्खडाको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली काङ्ग्रेसका उपध्यक्ष भक्त लामा, राप्रापाका पुर्व जिल्ला सचिव सन्त तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
यस्तै अधिवेशनले निवर्तमान अध्यक्ष बिमल तामाङ र सचिव सन्दिप स्याम्चेन तामाङलाई प्रदेश प्रतिनिधिमा सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस