चितवन १३ कार्तिक
बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशले आफ्नै लगानीमा आम सञ्चार गृह संचालन नगर्ने बताउनु भएको छ ।
चितवन सौराहामा आयोजित नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनु भयो ।
पाण्डेले पत्रकार महासंघ बागमती प्रदेशको भवन निर्माणलाई प्राथमिकतामा राखेको बताउदै पत्रकारहरुको क्षमता विकासका निमित्त सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
बागमती प्रदेशले चालू आर्थिक वर्षको बजेटमा १० करोड बिनियोजन गरेर आम सञ्चार गृह निमार्ण गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस