धादिङ ११ कार्तिक
धादिङ टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा समूह ए मा रहेको कारु मेमोरियल ट्रस्टले जनहित युवा समाजमाथि ३१ रनको जित हात पारेको छ । धादिङ जिल्ला क्रिकेट संघद्वारा आयोजित कार्यक्रमका प्रमुख अथिती पित्त बहादुर डल्लाकोटी ( हरी) द्वारा ब्याटिङ गर्दै खेलको उद्घाटनमा गर्नु भएको थियो ।
विशालटारको खेल मैदानमा टस जितेर जनहित युवा समाजलाले कारु मेमोरियल ट्रस्टलाई ब्याटिङको निम्तो दिएको थियो । जनहित युवा समाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २१ रन जोडे ।
ओपनिङ ब्याटर आशिष मियाले ३४ बलमा ४ चौका र र २ छक्काको मद्दतले ४४ रन जोडे भने सचिन श्रेष्ठले १० बायक जोडे । जनहित युवा समाजको बलिङ तर्फ रबिन त्रिपाठीले ४ ओभरमा १९ रन खर्चिदै २ विकेट हात पारे भने किशोर त्रिपाठीले ४ ओभरमा २५ रन ३ विकेट लिए । १२२ रनको सामान्य लक्ष्य पछ्याउने मैदान प्रवेश गरेको जनहित युवा समाजले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९० रन जोड्यो । टोलीका लागि सविन त्रिपाठीले १४ बलमा ४ रन जोडे ।
साथै रमेश मगरले १२ बलमा ७ रन जोडे । कारु मेमोरियल ट्रस्टबाट कौशल रूपाकोटले ४ ओभरमा २ मेडन राख्दै ६ रन खर्चिएर ४ विकेट हात पारे । साथै अमृत लम्लासले ५ ओभरमा ११ रन खर्चिएर ३ विकेट लिए ।
खेलको उद्घाटनमा प्रमुख अथिती पित्त बहादुर डल्लाकोटी ( हरी)द्वारा ब्याटिङ गर्दै खेलको औपचारिक सुरुवात गर्नु भएको थियो।
फोटो स्रोत : सामाजिक संञ्जाल
प्रतिक्रिया दिनुहोस