गोरखा ४ आषाढ
आरुघाट गाउँपालिका, आरुघाट, गोरखाले प्रधानमन्त्री रोजगार कार्यक्रम बुधबारबाट सुरु गरेको छ । आरुघाट गाउँ पालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालले कार्यक्रमको उद्घाटन गरेका हुन् । सबै वडाबाट रोजगारका लागि छनौट भइ आएका टोलीलाई निर्माण सामग्री र औजारहरु हस्तान्तरण गरी कार्यक्रमको औपचारिक सुभारम्भ गरिएको हो । कार्यक्रममा गाउँ पालिकाकी उपाध्यक्ष कल्पना नेपाली, प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल, वडा नं ९ क वडा अध्यक्ष डिल बहादुर रोका, रोजगार संयोजक महेश खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा १० वटै वडाबाट आएका २० वटा आयोजनाहरुको सुभारम्भ एकैसाथ गरिएको हो ।
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत हुन लागेको आयोजनाहरुमा काम गर्नको लागि १० देखि १३ जना सम्मको समूह बनाई प्रत्यक समुहमा टोली नेताको जिम्मेवारीमा आयोजना सम्पन्न हुनेछ । कुल २५/२५ जना आवेदक मध्ये यो आर्थिक वर्षमा पालिकाले २ सय ५२ जनालाई १५ दिनको रोजगारी दिने व्यवस्था गरेको गाउँपालिकाका रोजगार संयोजक महेश खत्रीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस