नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।
एमालेको स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ रु पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ’
न्यायाधीशहरुले अहिले सर्वोच्च अदालतको मानमर्दन गरिरहेको ओलीले टिप्पणी गरे । ‘के न्यायालयप्रति न्याय पाइन्छ भन्ने विश्वास छ रु’ उनले प्रश्न गरे, ‘जनतालाई मर्का परेको विषय पेन्डिङमै छ । नक्कली मुद्दा खडा गरेर अदालतलाई राजनीतिको केन्द्र बनाने काम भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस