धादिङ ०७ कार्तिक
गजुरी गाउँपालिकामा–१ हाँगेटारमा चेपाङ किशोरी छात्रावासमा रहि अध्ययन गर्ने किशोरी समुहको क्षमता विकास तालिम सम्पन्न भएको छ । चेपाङ छात्रावास किशोरी समुहको समन्वय, प्लानेट ईन्फाण्ड एण्ड डेभलपमेन्टको साझेदारीता र प्रयास नेपाल धादिङको सहयोगमा तालिम भएकोे हो ।
तालिममा बाल अधिकार के हो, किशोरी समुह गठन, परिचालन र समुहले गर्न सक्ने सामुदायिक कार्यहरु, बाल विकासक्रमको बिश्लेषण, बाल अधिकारका ४ पक्षहरु, नेता, नेतृत्व, किशोरी समुहका रहेका पदाधिकारी तथा सदस्यहरुको काम कर्तव्य र उत्तरदायित्व, सहजिकरण सीप, बाल सहभागीता, बालमैत्री स्थानीय शासनमा बालिकाहरुको भुमिका र जिवन उपयोगी सीप लगायतका बिषयमा बाल अधिकारकर्मी चाँदनी थापा मगर, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति सदस्य समेत रहेकी चेपाङ अगुवा महिला सुमित्रा चेपाङ र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।
चेपाङ छात्रवास किशोरी समुहका अध्यक्ष अञ्जु चेपाङको अध्यक्षतामा भएको तालिममा छात्रावास बसि अध्ययन गर्ने २१ जना किशोरीहरुको सहभागीता रहेको समुहको सचिव स्मृति चेपाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस