धादिङ २ आषाढ
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ चाँपखोलामा सोमबार बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलीकरण कार्यक्रम अन्तरगत आज ३३ जनालाई बाख्रा उपहार प्रदान गरीएको हो । बाघबच्छला स्वाबलम्बी महिला समुहले विभिन्न ३ ओटा समुहका ३३ जना सदस्यहरुलाई एक–एक ओटा बाख्रा वितरण गरेका हुन् । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो ।
बाघबच्छला स्वाबलम्बी महिला समुहकी अध्यक्ष भिम कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्यता रहेको थियो । हेफर ईन्टरनेशनल नेपालका बरिष्ट कार्यक्रम निर्देशक निना जोशी ,कार्यक्रम व्यवस्थापक प्रेम स्याबयु, कोरियाली बिदेशी पाहुनाहरु, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, उपहार महिला सहकारीकी सचिव सुनिता सिलवाल, संचारकर्मीहरु, सिद्धलेकमा गठन भएका मूल तथा उपहार समुहका सदस्यहरको समेत उल्लेख सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले महिला ससक्तीकरणको लागि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको भन्दै खुसी व्यक्त गर्नुभयो । आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपूर्ण रहेको भन्दै उहाँले आफूले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस