धादिङ ०३ कार्तिक
चितवनमा भएको जातीय विभेद र हत्याप्रति नेपाल दलित मुक्ति मोर्चा बागमती प्रदेशको ध्यानाकर्षण भएको छ । संयोजक दिपक विश्वकर्माले एक विज्ञप्ती जारी गर्दै आजको समयमा पनि जातीय छुवाछुत तथा सामाजिक भेदभावको कारण भिम बहादुर विश्वकर्माको हत्या हुनु देशव्यापी दलित समुदायमाथि श्रृङ्खलाबद्ध रुपमा भैरहेको दमन तथा हत्याको निरन्तरताको रुपमा लिएको बताउनु भएको छ ।
विज्ञप्तीमा घटनाको पूर्ण छानबिन गर्दै अपराधीलाई हदैसम्मको कारबाहीका साथै पीडित परिवारलाई क्षतिपूर्तिको समेत माग गरिएको छ । यस्तै नेपालको सांस्कृतिक रुपान्तरणको अभियानमा मृतक भिमबहादुर विश्वकर्माको बलिदानको उच्च मुल्याङ्कन गर्दै सांस्कृतिक सहिद घोषणको माग समेत गरिएको छ ।
यही असोज २८ गते भरतपुर महानगरपालिका–४ लङ्कुमा रहेको दुर्गा मन्दिरमा दलितहरुले पनि पूजा गर्न पाउनुपर्छ भन्ने विषयमा विवाद हुँदा सोही ठाउँका वर्ष ५८ का भिम बहादुर विश्वकर्मालाई स्थानीय गैह्र दलित व्यक्तिहरुको कुटपिटबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस