मालेस्थित राष्ट्रिय रंगशालामा दक्षिण एसियाली राष्ट्रका पुरुष राष्ट्रिय फुटबल टोलीले खेल्ने एक मात्र प्रतियोगिता साफ च्याम्पियनसि उपाधिका लागि नेपाल आज भारत सँग बेलुका ८ः४५ बजे खेल्दैछ । बंगलादेलाई बराबरीमा रोक्दै फाईनल प्रवेश गरेको नेपाल र माल्दिभ्सलाई हराउँदै फाईनल प्रवेस गरेको यी दुई देश बीचको फाईनल खेल नेपालका लागि थप उल्लास पूर्ण र किर्तिमानी पूर्ण हुनेछ ।
साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो । त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ । साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ । तर, नेपाली टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतविरुद्ध गोर्खाली शैलीमा खेलेर जित निकाल्ने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस