धादिङ २४ असोज
समृद्ध धादिङ हाम्रो चाहाना, हाम्रो धादिङ राम्रो धादिङ भन्ने मुल मन्त्र बोकेको अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा चैनपुर घर भई यूके बस्दै आएका राजन खकुराल चयन भएका छन् ।
आज सम्पन्न भएको समाजको भर्चुअल अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बल्जियम, सविन थपलिय अष्ट्रेलिया , महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया उत्तर कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती नीलकण्ठ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा नीरु त्रिपाठी अष्ट्रेलिया, सरद शर्मा दाहाल अष्ट्रेलिया, दिपेश सिंखडा अष्ट्रेलिया, रामबाबु दनै जापान, राजेश्वर बस्नेत जापान, सुजाता दुवाडी जापान, महिन्दो वाईवा बेल्जियम, बिशाल तिवारी बेल्जियम चयन भएका छन् । अध्यक्षमा चयन भए सँगै खकुरालले ६ बुदें प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस