धादिङ २४ असोज
छाक टार्नै समस्यामा परेका बेनिघाट रोराङ गाउँपालिका–३, तल्लो ओर्वाङका चेपाङ परिवारले दशैको मुखमै खाद्यान्न राहत पाएका छन् ।
एनभिए अष्ट्रेलियाको सक्रियातामा भिक्टोरिया राज्यका दाताहरुबाट संकलन भएको रकमले गरबीको चपेटामा रहेको चेपाङ बस्तीमा खाद्यान्न सहयोग पठाएको हो । ईन्जिनियर निराजन गौलीको समन्वय र एनएभिका कोषाध्यक्ष डा.याकिन्द्र तिमिल्सिनाको संयोजनमा संकलन भएको एक लाख ५३ हजारले ९० परिवारलाई खाद्यान्न सहयोग गरिएको एनएभिका अध्यक्ष राम गुरुङले बताउनुभयो ।
धादिङको दक्षिणी बेनिघाट रोराङ गाउँपालिका– ६, ८, १० र २ का अधिकांश गाउँमा यसअघि नै खाद्यान्न वितरण गरिएको थियो । दशै मनाउन सकस भइरहेको बेला गाउँभरी सबैको घरमा चामलका बोरा पुग्दा स्थानीयहरु खुसी भएका छन् । चामल पाएपछि दशै मनाउन सहज हुने उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस