धादिङ २३ असोज
बडा दशैको अवसर पारी टुकि नेपाल समाजले नीलकण्ठ नगरपालिका १२ स्थित साङ्कोषमा १ सय २५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
सोमबार साउने पानी युवा टोल सुधार समिति को पहलमा टोलमा रहेका विद्यार्थी र टोल बाहिर रहेका आर्थिक अवस्था कमजोर भएको, आमाबुबा गुमाएका बालबालिकाहरुलाई ४ सय थान कपी, २ सय थान पेन्सिल, र १ सय ३० थान कलम वितरण गरिएको साउने पानी युवा टोल सुधार समितिका अध्ययक्ष नवराज मझाकोटीले जानकारि दिनुभयो । टुकी नेपालले आािर्थक अवस्था कमजोर रहेका बालबालिकाहरुलाई हरेक बर्ष सहयोग गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस