धादिङ २२ असोज
त्रिभुवन राजपथ अन्तर्गत धादिङको नौविसेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । रसुवाबाट काठमाडौ जाँदै गरेको बा ५ ख ६१५१ नम्बरको बसको ठक्करबाट स्थानीय ज्ञानसागर लामाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि स्थानीयले दुबैतर्फ अवरुद्ध गराएको नौविसे नागढुंगा क्षेत्र केहीबेर अघिबाट खुलाएको छ । मृतक परिवार र सवारीधनीबीच सहमतिपछि बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस