धादिङ ३० श्रावण
नेपाल डोरीतान संघ धादिङको अध्यक्षमा पुनः अमृत तामाङ निर्वाचित भएका छन् । शनिबार धादिङवेसीमा सम्पन्न दोस्रो भेलाबाट तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । जसको उपाध्यक्षमा अर्जुन सिंखडा, सचिवमा उदय लामिछाने मगर, कोषाध्यक्षमा गोकर्ण अधिकारी र सह सचिवमा जानुका भट्ट निर्वाचित हुनभएको हो ।
संघका अध्यक्ष अमृत तामाङको अध्यक्षतामा भएको भेलामा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङको प्रमुख आतिथ्यता तथा डोरीतान संघ बागमती प्रदेश सदस्य रमेश श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि श्रेष्ठले डोरीतान नेपालको पुरानो र मौलिक खेल भएता पनि प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको बताउदै कोरोना नियन्त्रण पश्चात धादिङ जिल्ला स्तरीय प्रतियोगिता गर्न जिल्ला समितिलाई अनुरोध गर्नुभयो ।
यस्तै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङले डोरीतान खेलको प्रर्बद्धनको लागि जिल्ला खेलकुद विकास समिति सदैव तयार रहेको र आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
वि.सं. २०७५ साल असोज २७ गते धादिङमा उक्त संघ स्थापना भएको थियो ।
केही तस्विरहरुः
प्रतिक्रिया दिनुहोस