धादिङ १४ फाल्गुण
धादिङमा भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापनामा सदाचार विपद सम्बन्धी विषयमा रेडक्रस र सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको साझेदारीमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल, खनियाबास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ, गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्का, नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिना लगायत, विभिन्न स्थानीय तहका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रेडक्रस धादिङका सभापति नारायण तिमल्सिनाले विपद भनेको के हो ? धादिङमा मुख्य गरी कस्ता खाले विपदको जोखिम रहेको छ ? विपद सम्बन्धी राष्ट्रिय तथा स्थानीय नीति र ऐनहरु के के छन् ? विपद व्यवस्थापनमा स्थानीय तह तथा सरोकारवालाहरुको भूमिका के रहन्छ ? विपद न्यूनीकरण गर्ने उपायहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस