• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
    आज:  | Sun, 29, Jan, 2023
    • समाचार
    • रेडियो बिहानी बिशेष
    • अर्थ खबर
    • स्वास्थ्य/शिक्षा
    • सूचना प्रबिधि
    • राजनीति
    • खेलकुद
    • विचार/ब्लग
    • अन्तर्राष्ट्रिय
    • English

    बागमती प्रदेश सरकारले आज १४ मन्त्रालयलाई घटाएर ११ वटामा झार्ने

    १० माघ २०७९, मंगलवार १२:१४

    रेडियो बिहानी संवाददाता

    बागमती प्रदेश सरकारले आज १४ मन्त्रालयलाई घटाएर ११ वटामा झार्ने भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पहिले मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम गरिने बताउनु भएको हो । पहिले राजेन्द्र पाण्डे नेतृत्वको सरकारले ८ वटा मन्त्रालयलाई बढाएर १४ वटा मन्त्रालय बनाउनु भएको थियो ।

    अब आजदेखि भने मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम सुरु गरिने जम्मकट्टेलले बताउनुभयो । आज दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलासँग मन्त्रालय घटाउने प्रतिवेदन बुझेपछि आजै मन्त्रिपरिषद्को बैठक बसेर ११ वाट मन्त्रालय कायम गरिने जम्मकट्टेलले बताउनुभयो ।

    आज बेलुका पाँच बजे बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउने निर्णय गरिने प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयो । भोलि अथवा पर्सिमा मन्त्रिपरिषद् विस्तारको काम पनि गरिने उहाँले बताउनुभयो । कुन दलले कति मन्त्रालय पाउने र कोको मन्त्री बन्ने भन्नेकुरा उहाँले खुलाउनु भएन । सांसद सङ्ख्याका हिसाबले एमालेले सबैभन्दा धेरै मन्त्रालय पाउने बुझिएको छ ।

    मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गएको पुस २६ गते मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै बाग्मतीमा मन्त्रालय घटाउनको लागि त्यहीदिन मन्त्रालय निर्धारण गर्न समिति गठन गर्नु भएको थियो । गठित कार्यदलले प्रदेशमा रहेका मन्त्रालयको अध्ययन पश्चात् मन्त्रालय सङ्ख्या निर्धारण गर्दै मुख्यमन्त्री जम्मकट्टेललाई सुझावसहितको प्रतिवेदन आज बुझाउने र त्यही प्रतिवेदनलाई टेकेर मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने तयारी गरिएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा जम्मकट्टेलले पाँच सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर सङ्ख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिनु भएको थियो ।

    सुरुमा ७ मन्त्रालय रहेको बाग्मती प्रदेशमा ८ वटा बनाइयो त्यसपछि मन्त्रालय सङ्ख्या बढाएर १४ पुर्याएपछि झ्यालझ्यालमा मन्त्रालय बनाइएको भन्दै आलोचना भएको थियो। २०७८ कात्तिक ११ गते नेकपा ९एकीकृत समाजवादी० का नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेपछि गठबन्धनमा भागबण्डा मिलाउनकै लागि मन्त्रालयको सङ्ख्या ८ बाट बढाएर १४ पुर्याइएको थियो ।

    ११० सदस्यीय प्रदेश सभा सदस्य रहेको बाग्मतीमा यसपटक माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएसँगै ३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका उद्धव थापा विना विभागीय मन्त्री हुनुहुन्छ । अब मन्त्रालय घटाएर मन्त्रीहरु थप्ने काममा मुख्यमन्त्री लाग्नु भएको छ ।

    अहिले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत गरी १३ वटा मन्त्रालयको जिम्मेवारी एक्लैले सम्हाल्दै आउनु भएको छ । दुई हप्तादेखि मुख्यमन्त्रीले सम्हाल्दै आएका मन्त्रालयमा बोर्ड झुण्डिनुभन्दा बाहेक अरु काम हुन सकेको छैन । मन्त्रालयको वेबसाइटमा नाम राखिएको छ । तर, त्यसभन्दा बाहेक मन्त्रालयका कुनै काम अगाडि बढ्न सकेको छैन ।

    गएको पुस २५ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि पुस २६ गते उहाँसहित र अन्य दुई मन्त्रीले शपथ ग्रहण गर्नु भएको थियो । दुई जना मन्त्री नियुक्त भए पनि एमालेका बाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मात्र मन्त्रालय तोकेर जिम्मेवारी पाउनु भएको छ। उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएर काम गरिरहनु भएको छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्रीको जिम्मेवारी लिनुभएका उद्धव थापा अहिलेसम्म विनाविभागीय मन्त्री नै हुनुहुन्छ । उहाँले कुनै पनि मन्त्रालयको जिम्मेवारी पाउनु भएको छैन । भौतिक मन्त्रालयको अपेक्षा राख्नुभएका थापाले अब कुन् मन्त्रालय पाउनुहुन्छ भन्ने टुङ्गो दुई दिनभित्र लाग्ने बताइएको छ ।

    आर्थिक मामिला मन्त्रालय बाहेकको सबै मन्त्रालय मुख्यमन्त्रीकै जिम्मेवारीमा छ । मुख्यमन्त्री जम्मकट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएर काम गर्नुपर्ने बाध्यता भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

    अनागरिक रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन काठमाडौं जाने

    ११ गतेदेखी धादिङ जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट ,४०८ को आँखा जाँच गर्दा २८ जनामा मोतियाबिन्दु

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

    पोखरा महानगरपालिकाद्धारा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

    रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

  • २

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

  • ३

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

  • ४

    अनागरिक रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन काठमाडौं जाने

  • ५

    ११ गतेदेखी धादिङ जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट ,४०८ को आँखा जाँच गर्दा २८ जनामा मोतियाबिन्दु

  • ६

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

  • ७

    एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

  • ८

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

  • ९

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

  • १०

    पोखरा महानगरपालिकाद्धारा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

  • ११

    रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो

  • १२

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

  • १३

    चिल्ड्रेनपार्क आवासीय मावि धादिङको २५ औँ रजत जयन्ती महोत्सव तथा अविभावक नृत्य प्रतियोगिता सम्पन्न

  • १४

    धादिङ आवासिय माध्यमिक बिद्मालयको २६ औँ वार्षिक उत्सव तथा अभिभावक भेला समपन्न

  • १५

    आज सरस्वती पूजा, देशभर विद्याकी देवीको आराधना गरिँदै

    न्यु किबो बोर्डिङ स्कुल धादिङको खेलकुद सप्ताह सम्पन्न

  • हाम्रो समाज
    थप

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑