नेपालमा आँखाको नानी प्रत्यारोपण र दान गर्ने क्रम बढ्दै ।।
३ पुष २०७९, आईतवार १०:५८
रेडियो बिहानी संवाददाता
धादिङ पुष ३
नेपालमा आँखाको नानी प्रत्यारोपण र दान गर्ने क्रम बढ्दै गएको छ । पहिलो पटक २०५१ सालमा काठमाडौँ ढोकाटोलका चिनीमाया तुलाधरले आँखाको नानी दान गरेसँगै नेपालमा कर्निया अर्थात नानी प्रत्यारोपण थालिएको हो । त्यसयता सबैभन्दा धेरै सन् २०१९ मा मात्रै एक हजार तीन सय ४८ कर्निया आँखा बैंकमा उपलब्ध भएका थिए । तर, कोभिड महामारीपछि नानी सङ्कलन र प्रत्यारोपणमा कमी आएको थियो ।
यद्यपी अहिले विस्तारै सामान्य हुन थालेको नेपाल आँखा बैंकले जनाएको छ । बैंकका अनुसार सन् २०२० मा ६ सय २५ वटा मात्रै आँखाको नानी संकलन भएकामा २०२१ मा आठ सय एक र यो वर्ष ९३ वटा आँखाको नानी दानमार्फत प्राप्त भएको थियो । प्राप्त नानी प्रत्यारोपण गर्नुअघि कुनै सर्ने रोग भएनभएको परीक्षण गरिने र रगतको माध्यमबाट सर्ने रोग भए प्राप्त नानी प्रयोग नहुने पनि गरेको छ । हाल बर्सेनि ५ सयदेखि १५ सय जनासम्मको नानी प्रत्यारोपण हुने गरेको छ ।
दान गरिएको नानी झिकेर दृष्टी नभएकाहरुलाई प्रत्यारोपण गरिने नेपाल आँखा बैंकका प्रवन्धक शङ्खनारायण त्वायनाले बताउनुभयो । हाल तिलगङ्गा आँखा अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत देशभरका १० वटा आँखा अस्पतालले नानी प्रत्यारोपण गर्दै आएका छन् । पछिल्लो समय मृत्युपछि आँखा दान गर्ने संस्कृति बढ्दै गएकाले माग सहज बन्दै गएको चिकित्सकहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
धादिङको एड्भान्स एकेडेमी १९ औँ वर्षमा प्रवेश
धादिङको तीन गा.पाको जनतालाई प्रत्यक्ष लाभ पुराउने किन्ताङफेदी वेलीबृजको उद्घाटन
मुख्यमन्त्री जमकट्टेलद्धारा मोटरेवल पुल र वडा प्रशासकीय भवन उद्घाटन
वेनीघाट रोराङ गा.पा मा वडा प्रशासकीय र स्वास्थ्य ईकाई कार्यालयको भवन उद्घाटन
धादिङको वेनीघाट रोराङ गाउँपालिका‘पुर्ण खोप सुनिश्चितता’पालिका घोषणा
‘विकासको मोडेललाई उत्पादनसंग जोड्ने खालको योजना ल्याउन आवश्यक छ’–पुर्व अर्थमन्त्री पाण्डे
एड्भान्स एकेडेमीद्धारा व्यवहारिक वातावरण र शैक्षिक सुधारको लागि अभिभावकसंग अन्तरक्रिया
आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु,करिब ४ लाख विद्यार्थी सहभागी हुदैँ
नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
आज बैशाख १२ : विनाशकारी भूकम्पको ९ वर्ष पूरा
काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
रोयम नेपालको परियोजना शुभारम्भ तथा समन्वय बैठक सम्पन्न
प्रतिक्रिया दिनुहोस