धादिङ २० भाद्र
जडिबुटी संकलनका लागि भनेर भारतको हिमाञ्चल प्रदेशमा अलपत्र पारिएका धादिङका ९ जनाको उद्धार भएको छ । धादिङको ज्वालामूखी गाउँपालिका वडा नं. ३ र ४ का ९ जना पुरुषहरुलाई भारतको हिमाञ्चल प्रदेशमा जडिबुटी संकलनका लागि लैजाने भन्दै बिच बाटोमै अलपत्र पारिएको थियो ।
पीडितहरुका अनुसार भारत लैजाने पेम्बा तामाङ भने फरार रहेका छन् । अलपत्र पारिएका ९ जनालाई ज्वालामूखी गाउँपालिकाका समाजसेवी तथा राजनीतिकर्मी जगन भट्टको आर्थिक सहयोगमा नेपाल ल्याउन लागिएको हो ।
करिब एक हप्तादेखि अलपत्र परेका उनीहरुको उद्धार भएर आज नेपाल फर्कदै छन् ।
प्रतिक्रिया दिनुहोस