धादिङ २६ कार्तिक
माओवादी जनयुद्धका क्रममा धादिङ जिल्लाबाट सहादत प्राप्त गरेका धादिङका प्रथम सहिद नारायण प्रसाद उपाध्यायका पिता सुवर्ण उपाध्यायको शुक्रबार बिहान निधन भएको छ ।
माओवादी केन्द्रको जेष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्य समेत रहनुभएका उपाध्याय शुक्रबार बिहन ८२ वर्षको उमेरमा आफ्नै निवास सिद्धलेक गाउँपालिका स्थित परेवाटामा निधन भएको हो ।
उपाध्यायको पार्थिव शरीरमा माओवादी केन्द्र बागमती प्रदेशका सह–इन्चार्ज नारायण दाहालले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । यस्तै श्रद्धाञ्जली दिनका लागि माओवादी केन्द्र धादिङका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस