धादिङ १८ असोज
गंगाजमुना गाउँपालिका–४, गुम्दी धादिङमा सञ्चालित ३ दिने निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५५ जनाले सेवा लिएका छन् ।
नागर्जुन लर्निङ सेन्टरको आयोजनामा भएको बाल रोग तथा स्त्री रोगसँग सम्बन्धित निःशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डा. प्रेक्षा खत्री र बालरोग विशेषज्ञ डा. राजिव खत्री सहित ११ जना स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
शिविरको आयोजना नागार्जुन लर्निङ सेन्टरले गरेको थियो । शिविरको आयोजना भने यही असोज १५, १६ र १७ गते भएको थियो ।
प्रतिक्रिया दिनुहोस