धादिङ सोसियल भोलेन्टियर नेपालको अध्यक्षमा भेषराज ठकुरी निर्वाचि
धादिङ,१६ असोज।
धादिङ सोसियल भोलेन्टियर नेपालको अध्यक्षमा भेषराज ठकुरी भएका छन् । शनिबार धादिङबेशीमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट ठकुरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
जसको उपाध्यक्षमा दान बहादुर श्रेष्ठ,महिला उपाध्यक्षमा अनिता छत्कुली(लोहनी), महासचिवमा अर्जुन कुमार श्रेष्ठ, सचिवमा लक्ष्मि गिरी, कोषाध्यक्षमा किरण कुमार श्रेष्ठ, सह–कोषध्यक्षमा प्रेम कुमार श्रेष्ठ रहेका छन् ।
जिल्लाभित्र हुने विभिन्न दुर्घटना वा प्राकृतिक बिपत्तिहरुमा प्राथमिक उपचार तथा उद्धारको कामका साथै रक्तदान, सरसफाई, बृक्षारोपण लगाएतका कार्यक्रमहरुमा धादिङ सोसिएल भोलेन्टिएर नेपालले सहयोग तथा स्वयंसेवकको भुमिका निर्वाह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस