धादिङ १६ असोज
रास्ट्रीय नीजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धादिङ(एन प्याब्सन,धादिङ) को अध्यक्षमा ईश्वरी पाण्डे निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न जिल्ला कार्यसमितिको सातौ जिल्ला अधिवेशनले पाण्डेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
एन प्याब्सन धादिङका अध्यक्ष काशिनाथ कोइरालाको सभापतित्व तथा रास्ट्रीय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल केन्द्रीय कार्यसमिति अध्यक्ष रितुराज सापकोटा को प्रमुख अतिथ्यता रहेको थियो ।
यस्तै केन्द्रिय कार्यसमितिका सल्लाहकार पाण्डब हमालको विशिष्ट आतिथ्यता, रास्ट्रीय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल बागमती प्रदेश कमिटी अध्यक्ष प्रबोध प्रभाकर रिजाल लगायतको आतिथ्यता रहेको थियो ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा शप्रयास रेग्मी, सचिबमा बिजय खतिवडा, कोषाध्यक्षमा सिताराम महत, सदस्यहरुमा जिन कुमारी छत्कुली, सामुयल तामाङ र बलराम सिलवाल चयन हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस