धादिङ ०६ असोज
अखिल नेपाल खेलकुद महासंघ धादिङको इन्चार्जमा अमृत तामाङ मनोनित भएका छन् ।
बुधबार काठमाडौँमा बसेको केन्द्रीय समतिको विस्तारित बैठकले तामाङलाई धादिङको इन्चार्जका साथै केन्द्रीय सचिवालय सदस्यको पनि जिम्मेवारी दिएको छ । तामाङ तेक्वान्दो खेलाडी हुन् ।
नेकपा(माओवादी केन्द्र) निकट महासंघको विस्तारित बैठकको बुधबार माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गरेका थिए ।
यस्तै धादिङबाट केन्द्रीय समितिमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष समेत रहेका प्रताप तामाङ सहित दिपक राना र विनोद खतिवडा मनोनित भएका छन् ।
प्रतिक्रिया दिनुहोस