धादिङ ०२ असोज
एकीकृत सामुदायिक विकास अभियान ICDC धादिङको २४ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपाल लम्सालको अध्यक्षतामा सम्पन्न सभामा सस्थाका पदाधिकारी, सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । साधारण सभामा संस्थाको आर्थिक वर्ष ०७७÷७८ को प्रगति प्रतिवेदन सचिव शालिकराम दुवाडी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोपाल गुरुङले प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभाको अवसर पारी सस्थाले नीलकण्ठ नगरपालिका–८ निवासी दिपक श्रेष्ठ र सुनिता श्रेष्ठकी १८ बर्षिय छोरी बिमला श्रेष्ठको बोनम्यारो उत्पादन हुन नसकी प्रत्यारोपण गर्नुपर्ने भएपछि उपचारमा आर्थिक समस्या भएकोले संस्थाको तर्फबाट रु. १० हजार र सदस्यहरुबाट २५ हजार गरी जम्मा ३५ हजार बिमलाको आमा सुनिता श्रेष्ठ लाई हस्तान्तरण गरिएको राजन दुवाडीले जानकारी दिनुभयो । सोही अवसरमा संस्थाको परिसरमा आँप, लिची, अम्वा, एवोकाडो, कागती, अमला जस्ता फलफूलका विरुवाहरु समेत रोपिएको थियो ।
प्रतिक्रिया दिनुहोस